लेकसाइडस्थित मेडिकल हलबाट लागूऔषध बेचबिखन गर्ने सबिन प्रकाउ
पाेखरा | कात्तिक १, २०८०
पोखरा: लेकसाइड डिहिगोपाटन स्थित जिना मेडिकल हलबाट लागूऔषध बेचबिखन गरेको आरोपमा प्रहरीले सबिन चौधरीलाई प्रकाउ गरेको छ ।
पोखरा महानगरपालिका ६ लेकसाइड डिहिगोपाटन स्थित जिना मेडिकल हल सञ्चालन गरी बस्ने २८ वर्षीय चौधरीलाई प्रहरीले लागूऔषधसहित प्रकाउ गरेको हो ।
मेडिकल हलबाट लागूऔषध कारोवार भइरहेको गोप्य सूचनापछि वडा प्रहरी प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले ८८ एम्पल लागूऔषध बरामद गरेको थियो ।

लागूऔषधको कारोवार भइरहेको गोप्य सूचनापछि प्रहरीले मेडिकल हल खानतलासी गर्दा डाईजापाम २८ एम्पुल, फेनारागन ३१ एम्पुल, नुर्फिन २९ एम्पुल गरी ८८ एम्पुल लागूऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रकाउ परेका सबिनलाई जिल्ला अदालत कास्कीबाट लागूऔषधसम्बन्धी मुद्धामा अनुसन्धान भईरहेको कास्की प्रहरीले जनाएको छ ।
काठमाडौं: पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...
पोखरा: सामाजिक क्षेत्रमा क्रियाशिल युनाइटेड क्लबको आयोजनामा यही पौष २९ गतेदेखि १४ औं संस्करणको पोखरा महोत्सवको आयोजना हुने भएको छ । उक्त महोत्सव माघ ११ गतेसम्म चल्ने आज आयोजित ...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...

